परिषद्को उद्देश्य देहाय बमोजिम हुनेछ ः– (क) बृहत्तर जनकपुरक्षेत्रको सामािजक, धार्मिक, आर्थिक तथा सा“स्कृतिक विकासका पूर्वाधारहरुको विकास गर्ने । (ख) बृहत्तर जनकपुरक्षेत्रभित्रको धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका स्थानहरु र सोह िक्षेत्रभित्र रहेका विभिन्न सम्पदाहरुको संरक्षण र व्यवस्थापन गर्ने । (ग) बृहत्तर जनकपुरक्षेत्रभित्रका प्राचीन, ऐतिहासिक, धार्मिक, सास्कृतिक तथा पुरातात्विक महत्वका मठ, मन्दिर, सरोवर वा अन्य स्थ्लहरुको पहिचान, खोजी र अनुसन्धान गर्ने । (घ) बृहत्तर जनकपरक्षेत्रको वातावरणीय सन्तुलन कायम राख्न आवश्यक कार्य गर्ने । (ङ) बृहत्तर जनकपुरक्षेत्रलाई पर्यटकीय स्थ्लको रुपमा विकसित गर्ने ।